विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन

२०८२ वैशाख ६ शनिबार
सारांश
  • म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए ।

एजेन्सी : विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ । जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ ।


म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए ।


२१ किलोमिटर लामो मार्गमा उनीहरु सहभागि भएका हुन् । उत्कृष्ट नतिजा प्राप्त गर्न, प्रत्येक टोलीले लामो दूरीको दौडको लागि आफ्नो रोबोटहरूमा धेरै मेहेनतका साथ सहभागिता जनाएका थिए ।


उक्त कार्यक्रमलाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभइ मानवजस्तै रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षा जस्ता व्यापक क्षमताहरूको परीक्षणका रुपमा प्रस्तुत गरेको जनाएका छन् । 


ह्युमनोइड रोबोटहरूको लागि आठ  स्टेशनहरू पनि स्थापना गरिएको थियो । जहा रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्न अनुमति प्रदान गरिएको थियो । 


सो क्रममा ‘अटियांगोङ अल्ट्रा’ ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा म्याराथनको विजेता बनेको थियो ।(सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार