- दिल्लीले बुधबार आईपीएलको यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीले बुधबार आईपीएलको यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो । मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा उनले १ रन जोडेका थिए ।
त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गरे। त्यसपछिको बलमा पराग रन आउट भए । अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो ।
दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गरे। सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन जोडे। त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गरे ।
जितपछि दिल्ली १० अङ्क लिएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै दिल्ली प्ले अफको नजिक पुगेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।