विश्वकप एसिया छनोट ःनेपालको लगातार तेस्रो जित

२०८२ बैशाख ३ बुधबार
सारांश
  • बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

काठमाडौं : आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।


बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । 


नेपालका लागि ओपनर साहिल पटेल ४२, कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए ।


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।


नेपालका लागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार