केपी ओली कप टी २० : समूह चरण सकियो, भोलि सेमीफाइनलका खेल हुने
२०८२ बैशाख ३ बुधबार
- बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो ।
पोखरा : पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे ।
निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिदैँ आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दिप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शुन्यमै पेभिलियन फर्र्किए । अकिल खान९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए ।
त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो ।
१४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्धतमा सर्वाधिक ८० रनको योगदान दिएपनि टिमलाई सेमीफाइनलमा पु¥याउन भने सकेनन् । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए । त्यसअघि टर हारेर ब्याटि थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।
रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २÷२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १÷१ विकेट लिएका थिए ।
अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो ।
यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । भोलि पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।