- मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ अतरीया र होराइजनले जित निकालेका हुन् ।
पोखरा : पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि—२० पुरूष क्रिकेटमा अत्तरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ अतरीया र होराइजनले जित निकालेका हुन् ।
सुनसरी अतरीयाले सुन्दर हरैचा क्रिकेट क्लबविरुद्ध १ विकेटको जित निकाल्दा होराइजनले मालपोखरी क्रिकेट क्लबविरुद्ध ४२ रनले जित दर्ता गरेको छ । दुबैले समुहमा २–२ अंक बटुलेका छन् ।
पोखरा रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको तीन ओभर छोट्टाइएको खेलमा सुन्दर हरैचाले ६ विकेटको क्षतीमा १३५ रन बनायो । ओपनर रितेश राईलाई सुरुवातमै ४ रनमा गुमाएपछि, सन्दीप ढुंगानाले इनिङलाई सम्हाल्दै २४ बलमा ३० रनको योगदान दिए ।
उनले चार चौका र एक छक्का प्रहार गर्दै लयमा देखिए । तर अभिषेक कोइरालाले उनलाई रन आउट गरे । मृणाल गुरुङले र मनिष थापाले १५ बलमा २० रन बनाए ।
मध्यमक्रममा समीर कार्कीले २२ बलमा २६ र गौरव कटवालले १५ बलमा १७ रन बनाउँदै इनिङलाई स्थायीत्व दिए । तर अन्तिमतिर ओम्कार यादवले विस्फोटक प्रदर्शन गर्दै १४ बलमा अविजित २३ रन बनाए । जसमा दुई चौका र एक छक्का समावेश थियो ।
यता अतरियाको बलिङतर्फ अर्जुन बिकले सबैभन्दा प्रभावशाली स्पेल फाले । उनले ४ ओभरमा मात्र २२ रन खर्चेर २ विकेट लिए । भोेजराज भट्टले ३ ओभरमा १२ रन खर्चेर १ विकेट लिए । यता बसन्त खत्रीले पूरै ४ ओभर बलिङ गर्दै ४० रन खर्चेर १ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा अत्तरियाका ओपनर (म्यान अफ दि म्याच) अभिषेक पालले शानदार अर्धशतक प्रहार गर्दै ४० बलमा ५३ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गर्दै इनिङ्सको आधार तयार गरे । कप्तान बिपिन रावल झनै आक्रामक शैलीमा खेल्दै २७ बलमा ४६ रन बनाउँदै ५ चौका र २ छक्का हाने ।
यी दुई ब्याट्सम्यानले बलियो सुरुवात गरे पनि मिडल अर्डरमा विकेटको लर्को लाग्यो । निशाल क्षेत्री (४), खगेन्द्र जोशी (१), बसन्त खत्री, अर्जुन बिक, अभिषेक कोइराला, सुशिल साउद, र भोेजराज भट्ट जस्ता ब्याट्सम्यानहरू सस्तैमा पवेलियन फर्किए ।
यसबीचमा टेक रावतले निर्णायक इनिङ्स खेले । उनले ११ बलमा अविजित २४ रन बनाए । जसमा ३ छक्का आफ्नो नाममा लेखाए । उनले अन्तिमसम्म टिक्दै टोलीलाई जितसम्म पु¥याए ।
सुन्दर हराइचाका बलर समीर कार्कीले ३ विकेट लिए । सन्दीप ढुंगानाले पनि ३ विकेट लिएर अत्तरीयालाई दबाबमा राखे । प्रकाश कार्कीले ३ विकेट लिँदै महत्वपूर्ण योगदान दिए ।
यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङको सुरूवात गरेको होराइजन क्रिकेट क्लबले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनाउँदै विपक्षी टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो ।
होराइजनले सुरुवात केही कमजोर गरे पनि मिडल अर्डरले इनिङ्स सम्हाल्दै राम्रो स्कोर तयार ग¥यो । ओपनर निशाल ज्ञवालीले ५ बलमा मात्र १ रन बनाएर आउट भए । अर्का ओपनर तथा कप्तान अमर मिश्रले छोटो तर विस्फोटक इनिङ्स खेल्दै ६ बलमा १२ रन बनाए । जसमा १ चौका र १ छक्का समावेश थियो ।
सुमन पाण्डेले पनि आक्रमक शैलीमा १८ बलमा २४ रन बनाए । मिडल अर्डरका कमल बिस्टले ४१ बलमा ३७ रन बनाएर इनिङ्सको मियो सम्हाले । द्रुत गतिमा रन बनाउने प्रयासमा नरबहादुर सार्कीले मात्र ७ बलमा १८ रन बनाए भने, बिपरशन केसीले पनि २० बलमा ३२ रन जोड्दै पारीलाई गति दिन सफल भए ।
निर्मल गुरुङले पनि अविजित १३ रन (८ बल) बनाएर अन्तिमतिर सहयोगी भूमिका खेले ।
बलिङतर्फ सिराज हुसेनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने सन्दीप कार्कीले पनि आक्रमक मिडल अर्डरको भत्काउन ३ विकेट झारे । जितेश मण्डल र डब्लु मियाँले पनि १–१ विकेट लिए ।
१६६ रनको लक्ष्य पछ्याउने क्रममा मालपोखरी क्रिकेट क्लबको इनिङ्स १९.४ ओभरमै १२३ रनमा सीमित हुँदा उनीहरूले ४२ रनले हार बेहोर्नुप¥यो । होराइजन क्रिकेट क्लबले बलिङमा उत्कृष्ट समन्वय देखाउँदै प्रतियोगितामा सशक्त प्रदर्शन ग¥यो ।
लक्ष्य पछ्याउन उत्रेको मालपोखरीले शुरुवातमै विकेट गुमायो । ओपनर रणवीर यादवले ११ बलमा ७ रन बनाएर आउट भए । अर्का ओपनर डब्लु मलिकले केही सम्हालिएको इनिङ्स खेले । उनले २९ बलमा २६ रन बनाए ।
जितेश मण्डलले पनि २६ बलमा २५ रन बनाएर आशा देखाए । तर आवश्यक रन गति कायम राख्न सकेनन् । कप्तान सोहन कुमार यादवले ८ बलमा ८ रन बनाउँदै एक छक्का हाने पनि लामो समय टिक्न सकेनन् ।
मालपोखरीको इनिङ्सको एक मात्र सकारात्मक पक्ष बिजय गुप्ता रहे । जसले २४ बलमा अविजित ३२ रन बनाउँदै विपक्षी बलिङलाई केही चुनौती दिए । तर मिडल अर्डर र तल्लो क्रममा विकेट लगातार खसिरहँदा टिम दबाबमा प¥यो ।
निर्मल गुरुङले घातक बलिङ गर्दै दुई महत्वपूर्ण विकेट लिए । जसमा आतिश दास र चन्दन यादव पनि थिए । अमर मिश्र र बिपरशन केसीले पनि २–२ विकेट लिए, भने निशाल ज्ञवालीले अन्तिममा २ विकेट झार्दै विपक्षीको पारी समेट्न मद्दत गरे । सो खेलको म्यान अफ दि म्याच बिपरशन बने ।
भोली सोही समुह अन्तर्गत पहिलो खेल अतरीया र होराइजन तथा दोस्रो खेल सुन्दर हरैचा र मालपोखरी क्लबकाबीच हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’