पहिलो पोकोम्याट एसइइ फूटसल कप २०२५ भव्य रूपमा सुरु

२०८१ चैत ३० शनिबार
सारांश
  • एसइइ परीक्षामा सहभागी विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता शारीरिक विकाससँगै डिजिटल शिक्षाको महत्त्वबारे चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो ।

पोखरा : पोकोम्याटद्वारा आयोजना गरिएको पहिलो पोकोम्याट एसइइ फूटसल कप २०२५ भव्य रूपमा सुरु भएको छ । कार्यक्रमका अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा सुरु भएको यस प्रतियोगितामा ६६ टिम सहभागी भएका छन् ।


प्रतियोगिता बी–फिट फूटसल मैदानमा सञ्चालन भइरहेको छ, जसका खेलहरू चैत २८ गते देखि सुरु भइसकेका छन् । विशेष कुरा त के भने, पोकोम्याटको स्थापना भएको ८ वर्ष पुगेको उपलक्ष्यमा, सहभागिता शुल्क पनि प्रतिकात्मक रूपमा रु. ८ मात्र राखिएको छ । 


आयोजकहरूका अनुसार, ‘८ वर्ष भएकाले ८ रुपैयाँ“ भन्ने भावनात्मक सन्देशसहित यो शुल्क निर्धारण गरिएको हो ।


एसइइ परीक्षामा सहभागी विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता शारीरिक विकाससँगै डिजिटल शिक्षाको महत्त्वबारे चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो । 


पोकोम्याटका निर्देशक राजकुमार गुरुङले प्रतियोगिता विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, अनुशासन र प्रविधिमैत्री भविष्य तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरेका छन् ।


प्रतियोगिताको पहिलो पुरस्कार नगद रु. १०,०००, मेडल र प्रमाणपत्र र कम्प्युटर कोर्समा १००% छात्रवृत्ति र दोस्रो पुरस्कार, नगद रु. ६,००० मेडल र प्रमाणपत्र कम्प्युटर कोर्समा ५०% छात्रवृत्ति रहेको छ भने सहभागी प्रत्येक विद्यार्थी खेलाडीलाई कम्प्युटर कोर्समा २०% छुट प्रदान गरिनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार