- बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो ।
काठमाडौं : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपाललले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए आसिफले ३४ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए ।
कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने आशिफ शेखले ३४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट, नन्दन यादवले दुई विकेट, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।
यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’