समितिले निर्देशन दिए राष्ट्रिय खेलकुद प्रतियोगिताको काम तुरुन्तै अघि बढाइने

२०८१ चैत्र २१ विहिबार
सारांश
  • बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छलफलमा उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् तयारी अवस्थामा रहेको बताए ।

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी समितिले निर्देशन दिए विहीबार उपसमिति गठन गरेर अगाडि बढ्ने बताएका छन् ।

 
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छलफलमा उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् तयारी अवस्थामा रहेको बताए । उनले समितिको निर्देशन भए आजै बसेर खेलको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 


उनले भने, ‘समितिबाट निर्देशन भयोभने काम गर्न तयार छु । प्रतियोगिता गराउन सबै तयारी अवस्थामा छौं ।सफल हुन्छ हुँदैन्, व्यवस्थापन चुस्त हुन्छ कि हुदैँन भन्ने कुरा अलग्गै हो । बजेट रहेछ अगाडि बढ्नु भनेर समितिले निर्देशन दिने हो भने हामी आजै अहिले बैठक बसेर उपसमिति गठन काम अगाडि बढाउन तयार छौं । मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् तयार छ ।’


यस्तै, उनले सरकारले गरेको काम राम्रो भएन भन्ने खालको विषय नउठोस भनेर  राम्रो उपलब्धी हासिल गर्ने प्रयासका साथ उत्कृष्ट व्यवस्थापन गर्ने बताए । 


सोही क्रममा समिति सभापति अम्मर बहादुर थापाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे के के गर्नुपर्छ, कसरी गर्नुपर्छ त्यो कुरा छिटोभन्दा छिटो गर्न समितिको तर्फबाट मन्त्रालयलाई निर्देशन दिएका छन् । 


यसका साथै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय गौरवका विषय भएको हुनाले तोकिएकै समयमा पूरा गर्न आवश्यक भौतिक पूर्वाधार लगायतका तयारी र व्यवस्थापनको कार्यलाई तिव्रताका साथ सम्पन्न गर्नेगरि काम गर्न आग्रह पनि गरे ।


दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको तयारी तथा व्यवस्थापनका कार्यमा आवद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य गरि कार्य आगडि बढाउन निर्देशन दिने विषयमा पनि छलफल भएको छ । 


छलफलका आधारमा प्रतियोगिता आयोजना स्थलमै समितिले स्थलगत अवलोकन गरि तयारी र व्यवस्थापनको बारेमा जानकारी लिनु आवश्यक देखिएको हुनाले समितिमा प्रतिनिधित्व गर्ने दलहरुसँग समन्वय गरि सभापतिबाट एउटा टिम गठन गरि चैत्र २२ गतेदेखि २४ सम्म प्रतियोगिता आयोजना स्थलको स्थलगत अवलोकन गरि जानकारी लिने लगायतका निर्देशन पनि समितिले दिएको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार