ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने
२०८१ चैत्र ८ शुक्रवार
- शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजनागरी जावालाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा प्रतियोगितको संयोजक श्रीराम बोगटीलेले चैत्र १० देखि १५ गतेसम्म मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
काठमाडौं : ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा बागमती प्रदेश अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजनागरी जावालाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा प्रतियोगितको संयोजक श्रीराम बोगटीलेले चैत्र १० देखि १५ गतेसम्म मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
उनले अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वासकासाथ प्रतियोगिताको आयोजना गर्न लागेको पनि जानकारी दिए ।
उनले भने, ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा तथा पुरुष भलिबल प्रतियोगिता २०८१ चैत्र १० गते देखि १५ गतेसम्म आयोजना गरिने छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वास लिएका छौं ।’
उनका अनुसार उक्त प्रतियोगितामा बागमती प्रदेश पालिका स्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन् ।
उनले भने,‘उक्त प्रतियोगितामा बागमती प्रदेश पालिकास्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन ।’
साथै प्रतियोगिताको मुख्य उद्देश्य नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा शिल्ड, मेडल, प्रमाण–पत्र, नगद पुरस्कार तथा विधागत पुरस्कारको व्यवस्था गरिएको छ। जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कर्भडहलमा संचालन हुने खेल लिगकम नक–आउटको आधारमा खेलाईने छ ।
प्रथम पुरस्कार रु.२,००,००० द्वितिय पुरस्कार रु.१,००,०००, तृतीय पुरस्कार रु.५०,०००,सर्वश्रेष्ठ खेलाडी पुरस्कार,रु.१०,०००, वेष्ट स्पाईकर रु.५,०००,वेष्ट सेटर रु.५,०००, वेष्ट ब्लकर रु.५,०००,वेष्ट लिबेरो रु.५,००० र वेष्ट प्रशिक्षकलाई रु.५,००० पुरस्कारको व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।