- राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन् ।
मुगु: हिमाली दुर्गम जिल्ला जुम्लाबाट खेल क्षेत्रमा उदाएकी राममायाले गोल्ड टे«ल नेशनल सिरीज उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन् ।
जुम्लाको पातारासी गाउँपालिका–२ की बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी एक ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् ।
राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन् ।
यो जानकारी एसिया पेसेफिक एड्भेन्चर एथलेटिक्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
उनको यो सफलताले स्थानीय समुदायमा उत्साह छाएको छ भने देशभरबाट बधाई र शुभकामना दिने शुभचिन्तकहरुको ओइरो लागेको छ ।
कैलाश फुगा २७ माइलको प्रतिस्पर्धा निकै कठिन र चुनौतीपूर्ण मानिन्छ र यसमा राममायाको विजयले उनको लगन, मेहनत र दृढ संकल्पलाई उजागर गरेको देखिन्छ ।
यो जितले जुम्लाको पातारासी गाउँपालिकालाई मात्र नभैइ जुम्ला जिल्ला हँुदै कर्णाली प्रदेशको पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ ।
राममायाको सफलताले नेपालका ग्रामीण क्षेत्रका युवाहरूलाई खेलकुदमार्फत आफ्नो पहिचान बनाउन प्रेरणा दिने विश्वास गरिएको छ ।
उनको यो कीर्तिमानले नेपाली महिलाहरूको साहस र क्षमतालाई समेत थप प्रकाशमा ल्याएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’