च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

२०८१ फागुन २५ आईतवार
सारांश
  • पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

काठमाडौं: आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । 

 

प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् । भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 


पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर २६७ रन बनाउँदै पूरा गरेको थियो ।


त्यसैगरी दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको साउथ अफ्रिका पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रनमा समेटिएको थियो । न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो ।


न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ ।


यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार