'नन्दराज कप' फूटबल महुलीले जित्यो: फाइनल खेलमा जगतपुरलाई १-० गोलले हरायो
२०८१ फागुन १७ गते शनिवार
- जिल्ला खेलकूल विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई प्रमाणपत्रले सम्मानित गर्नुभयो।
रूपनगर, सप्तरी, फागुन १७: रूपनगर क्याम्पसले आयोजना गरेको 'नन्दराज कप' फूटबल प्रतियोगिता महुली क्लबले जित्यो। सुन्दरी खेल मैदानमा आज सम्पन्न फाइनल खेल महुली क्लबले जगतपुर क्लबलाई १-० गोलले हराएर २५ हजार रूपिञा नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो्।
प्रतियोगितामा दोश्रो हुन सफल जगतपुर क्लबले ११ हजार रूपिञा नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । रूपनगर नन्दराज संग्रौला क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले 'नन्दराज कप' फूटबल प्रतियोगिताका विजेता तथा उपविजेता क्लबलाई नगद पुरस्कार तथा शिल्डले सम्मानित गर्नुभएको जानकारी क्याम्पसले दिएको छ।
क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले विजेता क्लबका खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गर्नुभयो भने क्याम्पस सञ्चालक समिति सदस्य तथा कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष देवि वहादुर खत्रीले उपविजेता टोलीका खेलाडीहरूलाई मेडल लगाइदिएर सम्मान गर्नुभयो। त्यसै गरी, जिल्ला खेलकूल विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई प्रमाणपत्रले सम्मानित गर्नुभयो।
१६ वटा फूटबल टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगितामा प्लेयर अफ द टुर्नामेण्ट, टप स्कोरर, बेष्ट गोलकिपर, म्यान अफ द म्याच लगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको जानकारी क्याम्पसका खेलकूद संयोजक रूपेश चौधरीले दिनुभयो।
रूपनगरको सुन्दरी खेल मैदानमा यही फागुन ०७ गते आरम्भ भएर फागुन १७ गते सम्पन्न प्रतियोगिता रूपनगर क्याम्पस फूटबल टोली लगायत बाबा बजरङवली युवा क्लब, जगतपुर फूटबल क्लब, महुली फूटबल क्लब, जोगमोहन फूटबल क्लब, धर्मेश्वर फूटबल क्लब, सृजना फूटबल क्लब र श्री नव युवा क्लबको सहभागिता रहेको थियो। त्यसै गरी, बलुवा फूटबल क्लब, मगरटोल फूटबल क्लब, रिभरसाइड फूटबल क्लब, भुवनपट्टी फूटबल क्लब, डिआर युके एस फूटबल क्लब, प्रोग्रेसिभ फूटबल क्लब, श्री माँ दुर्गा फूटबल क्लब र बसन्तपुर फूटबल क्लबले भिडन्त गरेका थिए।
'जवाफ एडुकेसन्स' र शगुन संग्रौला मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजन 'एक्मी इञ्जिनियरिङ कलेज' ले गरेको थियो। त्यसै गरी, खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो। उहाँका अनुसार दिनेश भुजेल, हेम प्रसाद अधिकारी, पुनम गजुरेल, डेफोडिल इङ्लिश स्कूल, श्रवण कुमार चौधरी, शुभदिन दूध सङ्कलन केन्द्र लगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्नु भयो।
राष्ट्रिय स्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले अधिकांश खेल खेलाउनु भएको जानकारी प्रतियोगिता आयोजक समितिले दिएको छ।
समाचार स्रोत: रूपनगर क्याम्पस फिचर सेवा
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।