स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

२०८१ फागुन ११ गते आईतवार
सारांश
  • स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ । यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ ।

काठमाडौं: स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराएको छ ।


पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन् ।


शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १–० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १–० को जित निकालेको छ ।


स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ । यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार