नेटबल कप प्रतियोगिता २०८१ भब्यता का साथ सम्पन्न

२०८१ फागुन ३ गते शनिवार
सारांश
  • कार्यक्रमको आयोजनाबाट खेलाडीहरुको मनोवलमा वृद्धि हुने र समस्त खेल छेत्रलाई नै विशेष टेवा पुग्ने कार्यक्रमका आयोजक तथा देवी स्पोर्ट्स हाउसका प्रतिनिधि इ. सुजन लामाले बताएका थिए।

काठमाडौँ: वागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक सहयोग र देवी स्पोर्ट्स हाउसको आयोजना एवम ज्ञानोदय बालबाटिका उच्च माध्यमिक बिद्यालयको विशेष सहयोग र सहकार्यमा नेटबल कप प्रतियोगिता २०८१ भब्यताका साथ सम्पन्न भएको छ।

 

फाल्गुन १ गते देखि ३ गते सम्म ललितपुर स्थित खोकना बुङ्मतिमा रहेको ज्ञानोदय बालबाटिका उच्च माध्यमिक बिधालयको प्राङ्गणमामा आयोजना भएको यस प्रतियोगिता विशेष समारोह सहित सम्पन्न भएको थियो।

 

कुल ६ टिम को सहभागीता रहेको यस प्रतियोगितामा पहिला लिग चरणका खेलहरु सम्पन्न भएका थिए। प्रतियोगितामा लिग चरण पार गर्दै ज्ञानोदय क्लब र भानुभक्त क्लब फाइनलमा प्रवेश गर्न सफल भएका थिए। फाइनलमा ज्ञानोदयले भानुभक्त क्लब २० का विरुद्ध २२ स्कोर गर्दै जित हात पार्न सफल भएको थियो भने भानुभक्त क्लब दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।

 

बिजेता टिमले ट्रफि मेडल सहित नगद रु १५००० प्राप्त गर्न सफल भएका थिए भने उपबिजेताले ट्रफि मेडल सहित रु १०००० जित्न सफल भएका थिए उक्त प्रतियोगितामा ज्ञानोदय कि तिजा बज्राचार्य बेस्ट डिभेन्डर र भानुभक्त कि अम्बिका खड्का बेस्ट प्लयेर घोषित भएकी थिईन। दुबै उत्कृष्ट खेलाडिले ट्रफी हात पारेका थिए।

 

यस्तो कार्यक्रमको आयोजनाबाट खेलाडीहरुको मनोवलमा वृद्धि हुने र समस्त खेल क्षेत्रलाई नै विशेष टेवा पुग्ने कार्यक्रमका आयोजक तथा देवी स्पोर्ट्स हाउसका प्रतिनिधि  इ. सुजन लामाले बताएका थिए। 

 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा वागमती प्रदेश खेलकुद विकास परिषदको बोर्ड मेम्बर सुनिता गौतम र विशेष अतिथीका रुपमा ज्ञानोदय उच्च माध्यमिक बिद्यालयका सहप्राध्यापक भानु.ए र सह प्राध्यापक राजु गुरुङको पनि उपस्थिती रहेको थियो । 

 

प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाको कार्यक्रम आयोजना र व्यवस्थापनमा माठूलो भुमिका रहेको जानकारी आयोजकले दिएको छ।

 

कार्यक्रम आयोजकले भविष्यमा पनि राज्य र राज्यका निकायले विशेष ध्यान दिए यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरेर समस्त खेलकुद क्षेत्रको विकास र समृद्धिमा योगदान रहने जानकारी दिएका थिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार