पुलिसलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा च्याम्पियन

२०८१ फागुन ३ गते शनिवार
सारांश
  • यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

पोखरा: आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ । 
६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको‌ उपाधि जितेको हो ।


आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।


पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो ।


यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरि ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार