थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

२०८१ माघ ३० गते बुधबार
सारांश
  • क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरे ।

काठमाडौं : नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।


टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरे ।


सेमिफाइनलमा टाइम्सले राइभल इन्डिया तथा होउन्ड्सले राइभल पाकिस्तानको सामना गर्नेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्टमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल बुधबार हुनेछ ।


प्रतियोगितामा नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार