प्रथम नाखिल् राइनो कप फुटसल प्रतियोगिता (सेभेन ए साइड) फूलबारी एफ सीले जित्न सफल भएको छ

२९ माघ, २०८१, मगलवार
सारांश
  • खेलको जीत सँगै उत्साहित टीम म्यानेजर सरोज उप्रेतीले अन्य थप खेलहरूमा पनि अब्बल नतिजा ल्याउन टीम बलियो अभ्यासमा जुट्ने बताएका छन् ।

अबुधाबी: प्रथम नाखिल् राइनो कप फुटसल प्रतियोगिता (सेभेन ए साइड) फूलबारी एफ सीले जित्न सफल भएको छ ।

 

आयोजक नाखिल् गुर्खाज फुटबल क्लब रहेको उक्त प्रतियोगिता यहि फेब्रुअरी ८ देखि १० सम्म युएईको राजधानी अबुधाबीस्थित म्युनिसिपल रङ्गशालामा भएको थियो । युएईकै अर्को शहर दुबईबाट पाँचवटा टीम र अबुधाबीबाट पाँचवटा गरी जम्मा १० वटा टीमबिच भएको प्रतियोगिताको फाइनलमा फूलबारी एफ सी अबुधाबीले लमजुङ एफ सिलाई ५-३ गोल अन्तरले हराउँदै उपाधी चुम्न सफल भएको हो । 

 

विजेता टीम फूलबारी एफ सिले ट्रफी सहित नगद ४ हजार दिराम (डेढ लाख नेरु) र उपविजेता टीम लमजुङ एफ सीले ट्रफी सहित २ हजार ५ सय दिराम (पञ्चानब्बे हजार नेरु) हात पारेका छन् ।

 

७  गोल गर्दै विजेता टिमका खेलाडी शिव चौधरी (बंकु) सर्वाधिक गोलकर्ता भएका छन् भने सर्वोत्कृष्ट खेलाडी उप-विजेता टिमका जेनिस भएका छन् । त्यस्तै, विजेता टिमकै अर्का खेलाडी रोशन गुरुङ उत्कृष्ट गोल रक्षक छानिएका छन् ।

 

खेलको जीत सँगै उत्साहित टीम म्यानेजर सरोज उप्रेतीले अन्य थप खेलहरूमा पनि अब्बल नतिजा ल्याउन टीम बलियो अभ्यासमा जुट्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार