‘इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई
२०८१ माघ २७ गते आईतवार
- हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
काठमाडौं : इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ ।
हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
फाइनल खेलमा आस्था कलेजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ गर्दै पारामाउन्ट कलेजले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १५२ रन बनायो ।
पारामाउन्टका लागि सन्देश पन्थीले ४३ बलमा ५३ रनको योगदान दिए भने अमन बोहोराले ५३ बलमा ४२ रन बनाए । पारामाउन्टका लागि अभिनाश सिंहले तीन ओभर बलिङ गर्दै ४१ रन दिएर दुई विकेट लिए भने सुगम बुढाथोकीले तीन ओभर बलिङ गरेर ११ रन खर्चिँदै एक विकेट लिए ।
१ सय ५५ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आस्था कलेजको टीम १९।१ ओभरमा सबै विकेट गुमाएर ११५ रनमै समेटियो । आस्थाका लागि सुगम बुढाथोकीले ४१ बलमा ६८ रनको इनिङ खेले पनि उनले आफ्नो टीमलाई जिताउन सकेनन् ।
सुगमबाहेक सुयोग भट्टराईले मात्र दोहोरो अंक ९१३ बलमा १३ रन० मा रन बनाउन सफल भए । आस्थालाई सस्तैमा समेट्ने क्रममा पारामाउन्टका बलर शिव कुँवरले धारिलो बलिङ गरे । उनले चार ओभरमा एक मेडन राख्दै ९ रन खर्चेर आस्थाका तीन विकेट लिए । त्यस्तै आशुतोष पाण्डेले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए ।
भने आस्था कलेजका भुपाल दंगालले बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्टको उपाधि जिते भने वेस्टर्न क्रिष्टल एकेडेमीका सचिन भट्टले इनर्जेटिक बलर अफ द टुर्नामेन्टको उपाधि जिते । त्यस्तै मोस्ट भ्लायूएवल प्लेयर अफ द टुर्नामेन्टको उपाधि पारामाउन्ट कलेजका सन्देश पन्थीले जिते ।
ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल गत माघ २३ गते बुधवारदेखि लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन भएको थियो ।
यो प्रतिष्ठित प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उप–विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गरेका थिए ।
राष्टिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, पारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो ।
यो प्रतियोगिताको टुर्नामेन्ट डा
इरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी रहेका थिए । प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेल पाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मीडिया पार्टनर) तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर) को साथ रहेको थियो । प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालयस्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’