फागुन ३ गतेदेखि इटहरी गोल्डकप, आठ टीमले सहभागिता जनाउँदै

२०८१ माघ २७ गते आईतवार
सारांश
  • खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित नेपालका सात गरी आठवटा टिमको सहभागिता रहनेछ ।

इटहरी : अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबले जानकारी गराएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले १५ औं संस्करणको प्रतियोगिता आगामी फागुन ३ देखि १० गतेसम्म हुने बताएको हो ।


खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित नेपालका सात गरी आठवटा टिमको सहभागिता रहनेछ । जसमा भारतको पाहुना टिम यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज यूनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति, एनआरटी क्लब काठमाडौँ, सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबको सहभागिता रहनेछ ।  


प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ भने फागुन ६ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । जहाँ विजयी टिमहरु अघिल्लो चरणमा पुग्ने छन् । 


आयोजकका अनुसार खेलको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।


यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अघिल्लो १४ संस्करणको इटहरी गोल्डकप रात्रिकालीन समयमा भएता पनि यसपटक भने दिउँसोकै समयमा गरिने आयोजकले बताएको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार