ज्ञान संस्कारले राष्ट्रिय अन्तर विद्यालय स्केटिङ प्रतियोगिता सञ्चालन गर्दै
२०८१ माघ २३ गते बुधवार
- नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूका २०० भन्दा बढी विद्यार्थीहरू सहभागिता जनाउने अपेक्षा स्कूलले गरेको छ ।
काठमाडौं : ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूका २०० भन्दा बढी विद्यार्थीहरू सहभागिता जनाउने अपेक्षा स्कूलले गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्र दिएर सम्मान गरिने व्यवस्था गरिएको छ । साथै, सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र उपलब्ध गराइने छ ।
पत्रकारहरूलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले यस प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेललाई प्रोत्साहन गर्ने मात्र नभई, युवाहरूबीच नेपाली स्केटिङलाई लोकप्रिय बनाउने बताइन् ।
उनले भनिन्, ‘यस प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेललाई प्रोत्साहन गर्ने मात्र नभई, युवाहरूबिच नेपाली स्केटिङलाई लोकप्रिय बनाउने छ । हामी दीर्घालीन रूपमा नेपालले विश्वस्तरमा हुने स्केटिङमा उपलब्धि मूलक स्थान हासिल गरोस् भन्ने चाहन्छौँ त्यसका लागि हामी आजको दिनबाट नै सोचि रहेका छौँ । यो प्रतियोगिताले हाम्रो दीर्घकालीन लक्ष्य पूरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने छ भन्नेमा हामी विश्वास्त छौँ ।
यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई भविष्यमा हुने अन्तराष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुने अवसर प्रदान गरिने छ । अतः यस प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीको सहभागिता रहोस् भन्ने हाम्रो चाहना छ । यस किसिमका राष्ट्रिय स्तरका प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदप्रतिको लगाव बढाउने मात्र नभई, भविष्यमा नेपाललाई अन्तराष्ट्रिय
स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडीहरू उत्पादन गर्ने दिशामा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दछौँ ।’
यस कार्यक्रमको उद्घाटन माघ २६ गते बिहान ९ बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङद्वारा गरिने छ । सम्पूर्ण व्यवस्थापन र आयोजनाको जिम्मेवारी विद्यालयले लिएको हुँदा, उपस्थित सबै अतिथिहरू र सहभागीहरूले कार्यक्रमलाई सव्य र भव्य बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा स्कूलले लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।