सभापति कप: चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा

२०८१ माघ १० विहिबार
सारांश
  • संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ भने खेल शुक्रबार हुनेछ ।

काठमाडौं: संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।


बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।


संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोलको मद्दत गरे ।
पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ भने खेल शुक्रबार हुनेछ । 


सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार