- सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित भव्य रुपमा स्वागत गरेका छन् ।
काठमाडौं : भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फर्किएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित भव्य रुपमा स्वागत गरेका छन् ।
सोही क्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै खेलाडीहरुलाई बधाई दिदैँ खेलको प्रशंसा गरेका छन् ।
उनले भने, ‘म राष्ट्रिय पुरूष र महिला खो खो टोलीलाई बधाई दिन चहान्छु । नेपालमा यो खेलको इतिहास हेर्ने हो भने त्यती लामो छैन् तर यो खेल त्यो खेलभित्र पर्यो जसले नेपाललाई विश्वकपमा पु¥यायो । यो सत्य हो ।’
टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले स्वागत गरेका हुन् ।
हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।