बकैया कप फुटबल प्रतियोगिताको समापनमा खेल पत्रकार सम्मानित

२०८१ माघ २ गते बुधवार
सारांश
  • उनलाई मंगलबार सम्पन्न पाँचौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोह नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका खेलकुद विकास समितिले छैटौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार दिक्षान्स खड्कालाई सम्मान गरेको छ ।


उनलाई मंगलबार सम्पन्न पाँचौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोह नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।


संचारकर्मी खड्काले हेटौंडामा रहेर बकैया क्षेत्रको हरेक खेलकुद गतिविधिलाई खेलाडी तथा जनमानसमा सम्प्रेषण गरेको भन्दै सम्मान गरिएको बकैया गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए । 


खड्कालाई बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । खड्काले मकवानपुरको खेल क्षेत्रको समाचार सम्प्रेषण गर्ने गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार