‘जय ट्रफी मेन्स एलाइट कप’ को तयारी पूरा

२०८१ पुष २० गते शनिवार
सारांश
  • ‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ ।

जनकपुर: मधेश प्रदेशमा यही पुष २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ ।


जनकपुरधाम र वीरगञ्जमा हुन लागेको जय ट्रफी कप वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको हो ।


‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ । सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता पुष २१ देखि माघ ३ गतेसम्म हुने भएको छ ।


सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ । संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा नामाकरण गरिएको छ । साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पु¥याएका थिए ।


नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी एवं सदस्यको नाममा नामाकरण गर्दै नेपाली क्रिकेटको गर्विलो ईतिहास बोकेको यस ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनस्र्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार