आज कर्णाली र जनकपुर भिड्दै

२०८१ पुष ४ गते विहिवार
सारांश
  • यो खेलले फाइनल पुग्ने दोस्रो टिमको तय हुनेछ। हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सले फाइनलको स्थान सुरक्षित बनाईसकेको छ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दोस्रो क्वालिफायरको एक खेल हुँदैछ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरु हुने खेलमा जनकपुर र कर्णाली भिड्दै छन्। यो खेलले फाइनल पुग्ने दोस्रो टिमको तय हुनेछ। 

 

हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सले फाइनलको स्थान सुरक्षित बनाईसकेको छ।

 

प्रतियोगितामा अब अन्तिम २ खेल बाँकी रहँदा आजको खेलबाट उपाधिका लागि भिड्ने अन्तिम २ समूह तय हुनेछ।

 

जनकपुरले लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले हारेको थियो। त्यसका बाबजुत शीर्ष २ मा रहेर प्लेअफमा पुग्दा पहिलो क्वालिफायर खेल्न पाएको थियो। तर पहिलो क्वालिफायरमा पनि उसको हार यात्रा नरोकिंदा स्वभाविक दबाबमा जनकपुर रहेको छ। यद्यपि उसलाई फाइनल प्रवेशको यो अर्को तथा अन्तिम अवसर हो।

 

कर्णालीले भने लिगचरणको बिचमा लगातार ४ खेल जितेर अन्तिम खेल हारेको थियो। तर उसले ‘एलिमिनेटर’ चरणमा पुन एकपटक आफ्नो जितको ट्रयाक फर्काउँदै क्वालिफाइरमा स्थान बनाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले नयाँ प्रतियोगिता सम्झिएर बाँकी खेल खेल्ने बताएका छन्। भने जनकपुरको कप्तानी गरेका आसिफ शेखले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गर्ने र हराउने दाबि गरेका छन्। आजको खेलले कस्को दाबीलाई पुष्टि गर्छ त्यो भने समयले बताउने छ।

 

लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो। जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए। कर्णालीलाई त्यो हारको बदला लिंदै फाइनल पुग्ने अवसर छ। लिगचरणको प्रदर्शन दोहोर्याउँदै पहिलो क्वालिफायरमा भोगेको हारलाई सच्च्याउने अवसर जनकपुरलाई छ। त्यसैले आजको खेल दुवै टिमका लागि उतिकै महत्त्वपूर्ण र अर्थपूर्ण हुने पक्का छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार