एनपिएलः कर्णालीविरुद्व फिल्डिङमा लुम्बिनी

२०८१ मंसिर २८ गते शुक्रवार
सारांश
  • नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

काठमाडौँ, २८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो ।

 

कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार