- महान क्रिकेटर ब्रायन लारा आज नेपाल आउदै छन्।
महान क्रिकेटर ब्रायन लारा आज नेपाल आउदै छन्। नेपाल क्रिकेट संघ क्यानका अनुसार लारा नेपाल प्रिमियर लिगको खेल हेर्न आज बिहान नेपाल आईपुग्नेछन।
क्यानका अनुसार लाराले एनपिएलका केही खेल हेर्ने छन् । लाराले बुधबार सोसल मिडियाबाट आफू एनपिएलको खेल हेर्न इच्छुक भएको बताएका थिए । ‘मलाई नेपालमा चलिरहेको एनपिएल हेर्ने इच्छा छ,’ उनले भने, ‘नेपाली समर्थकबाट न्यानो माया पाउने आशा छ ।’
सन् १९९० देखि २००६ सम्म लाराले वेस्ट इन्डिजबाट टेस्टमा प्रतिस्पर्धा गरेका थिए । सन् १९९० मा उनले पाकिस्तानविरुद्ध टेस्टमा डेब्यु गरे । संयोगवश १६ वर्षको टेस्ट करिअरकै अन्तिम खेल उनले पाकिस्तानविरुद्ध सन् २००६ मा खेलेका थिए ।
उनले इंग्ल्यान्डविरुद्ध सन् २००७ मा अन्तिमपटक वेस्ट इन्डिजबाट एकदिवसीय खेलमा सहभागिता जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।