लुम्बिनीको राम्रो सुरुवात, १६ रन दिएर लियो ३ विकेट

२०८१ मंसिर २५ गते मंगलवार
सारांश
  • नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनीले बलिङमा पनि राम्रो सुरुवात गरेको छ।

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनीले बलिङमा पनि राम्रो सुरुवात गरेको छ।

 

लुम्बिनीले चितवनलाई १६ रन दिंदै महत्वपूर्ण तीन विकेट लियो। चितवनले ३.१ ओभरमा तीन विकेट गुमाएको हो।

 

उसका लागि सन्तोष कार्की १० रनमा आउट हुँदा विपिन रावल ५ रन बनाएर पेभिलियन फर्किए। त्यस्तै सोहिल तन्विर १ रनमा आउट हुँदा अहिले क्रिजमा लक बेनकेस्टाइन र रभि बोपरा रहेका छन्।

 

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १ सय ६८ रनको लक्ष्य दिएको थियो। प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो।

 

उसका लागि रोहित पौडेलले ८० रनको सानदार अर्धशतकीय इनिङ खेलेका थिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार