- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।
साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।
सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’