- उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।
काठमाडौँ : उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो । श्रीलङ्काले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनमा समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका हुन् ।
त्यस्तै नेपालका अर्का ओपनर आकाश त्रिपाठीले १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२/१२ तथा नरेन साउदले १६ रन जोडे । श्रीलङ्काका लागि प्रभिन महेशले तीन विकेट लिए भने न्युटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान दुई÷दुई विकेट लिए । त्यस्तै वीरन चामुदिथले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै दुई सय सय ३३ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे ।
त्यसैगरी लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोडे भने कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४/२४ रन जोडे । नेपालका लागि सन्तोष यादवले चार विकेट लिए भने युवराज खत्रीले २ विकेट लिए ।
कप्तान हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए । एसिया कपमा नेपालले यही मङ्सिर १६ गते आफ्नो दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’