- नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ।
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ।
ताजिकिस्तानको डुसान्बेमा घरेलु टोलीविरुद्ध नेपाली समय अनुसार साँझ ५:१५ मा प्रतिस्पर्धा गर्न लागेको हो। फिफा विन्डोजअन्तर्गत हुनलागेको मैत्रीपूर्ण खेल नेपालले १ सय ५५ दिन पछि खेल्न लागेको हो। योबीचमा नेपाली सिनियर फुटबल टिमको गतिविधि ठप्प रहेको थियो।
यस्तोमा राष्ट्रिय टिममा समावेश केही प्लेयर विदेश पलायन भएका छन्। भने नियमित खेल्ने वातावरण नहुँदा नेपालको प्रदर्शन कस्तो हुने भन्ने टुंगो छैन्। १३ देखि १९ नोभेम्बर सम्मको फिफा विन्डोभित्र क्लब फुटबल स्थगित गरेर अन्तर्राष्ट्रिय खेल हुने गर्दछ। युरोपमा नेसन्स लिग तथा दक्षिण अमेरिकामा विश्वकप छनोटका खेलहरु पनि हुँदै छन्।
नेपालले यसअघि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत साउदी अरेबियामा यमनविरुद्ध २९ जेठ (जुन ११) मा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा २-२ को बराबरी खेलेयता नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन्। विश्वकप छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले समूहको अन्तिम खेलमा यमनविरुद्ध गोलको खडेरी तोडेपनि अघिल्लो चरण पुग्न असफल भएको थियो।
गत सेप्टेम्बरमा फिफा विन्डो रहेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनैपनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्न सकेको थिएन्। नेपालले यो खेलका लागि प्रशिक्षकका रुपमा नविन न्यौपानेलाई चयन गरेको छ। इटालियन कोच भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमका पूर्वखेलाडीलाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको हो।
ताजिकिस्तानमा नेपालले खेल्ने दुवै विपक्षी टिमहरु नेपालभन्दा बलिया र वरियतामा माथि रहेकाले स्वभाविक रुपमा नेपाल दबाबमा रहने छ। नेपाल फिफा वरियताको १७६ औं स्थानमा रहँदा ताजिकिस्तान १०५ औं र अफगानिस्तान १५१ औं स्थानमा रहेको छ।
नविन न्यौपानेले छोटो तयारी र आफू भन्दा बलियो टिम भएकाले मिहिनेत धेरै गर्नु पर्ने बताए। उनले भने ‘ताजकिस्तान बलियो टिम हो,’ न्यौपानेले डुसान्बेमा खेल अघि आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले ताजकिस्तानसँग तीनपल्ट खेलिसकेका छौं । कडा मिहिनेत गर्दै संगठित रूपमा काउन्टरमा गोलको प्रयास गर्ने छौं। खेलमा १-२ अवसर आउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक नतिजा दिनेछौं ।’
ताजीकिस्तानसँग नेपालले यसअघि सन् २०१७ मा एएफसी एसियन कप छनोटका दुइ खेल खेलेको थियो। दुबै खेलमा नेपाल पराजित भएको थियो। २०१७ को सेप्टेम्बर ५ मा भएको खेलमा २-१ को हार भोगेको नेपाल १० सेप्टेम्बर मा भएको खेलमा ३-० ले हारेको थियो। त्यसयता यि दुई टिमबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। दोस्रो खेलमा नेपालले १ मंसिरमा अफगानिस्तानसँग खेल्ने कार्यतालिका रहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।