नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै ‘अलआउट’

२२ कार्तिक २०८१, बिहिवार
सारांश
  • यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको छ।

यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको छ।

 

नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पर्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो।

 

कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। उसका ६ ब्याटर शून्य रनमा आउट भएका थिए। नेपालका लागि रचनाकुमारी चौधरी र सिमा केसीले २-२ विकेट लिंदा पुजा महतो, कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले समान १-१ विकेट लिएका थिए।

 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। युएइको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि पुजा महतोले सर्वाधिक ३४ रन बनाउँदा सना प्रभिनले २५ रन बनाएकी थिइन्। त्यस्तै ज्योतिषनीका मरासीनीले २३ रन बनाउँदा अलिसा कुमारी यादवले १५ रन बनाइन्।अलिसा कुमारी यादवले १५ रन बनाएकी थिइन्।

 

कुवेतका लागि आयशा इकबाल पेवाकरले २ विकेट लिँदा जेफा जिलनी र अमिसा राम ओलाचेरीले समान १-१ विकेट लिए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपालको यो लगातार दोस्रो जित हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार