- यो सङ्गै नेपाल छैटौं पटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।
काठमाडौँ । रेफ्रीको विवादित निर्णयको वावजुद पनि नेपालले भारतलाई पेनाल्टी शुटआउटमा ४-२ ले हराएर लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर दोस्रो हाफ भने विवादित बन्यो । दोहोरो पहेँलो कार्ड सहित ५१औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउदै मैदानबाट बाहिरिईन । गल्ती नदेखिई रातो कार्ड पाएको भन्दै खेल केहिबेर रोकियो ।
खेलको ७२ औँ मिनेटमा नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि पछि दिईनन् । त्यसपछि पुनः खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको केहि मिनेट मै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । नेपालकी गोलकिपर अन्जना राना मगरले भारतको दुई प्रहार रोकिन र नेपालको जीत सम्भव भयो । यो सङ्गै नेपाल छैटौं पटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।
नेपालाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी साम्बा खेलको प्लेअर अफ दि म्याच घोषित भइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’