सुपर ओभरमा अमेरिकालाई हरायो, नेपलले जित्यो टी-२० सिरिज

०४ कार्त्तिक, २०८१, आइतबार
सारांश
  • आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ‌ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो ।

काठमाडौँ - सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २-० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो। आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ‌ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो । अब अन्तिम टी-२० सोमवार बिहान हुनेछ ।

 

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

 

नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि बएका भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे । त्यस्ते गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २-२ विकेट लिए ।

 

अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए । थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार