नेपाललाई पछि पार्दै क्यानडाले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि

२०८१ असोज १८ गते, शुक्रबार
सारांश
  • नेपाललाई पछि पार्दै क्यानडाले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि

क्यानडामा भएको त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि घरेलु टोलीले जितेको छ।

 

बिहीबार भएको अन्तमि खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। क्यानडाले लिगमा नेपाललाई २ खेलमा पराजित गर्दा ओमानलाई एक खेलमा हराएर सिरिजको शीर्ष स्थानमा रह्यो।

 

अन्तिम खेलमा क्यानडाले टस जितेर ओमानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। जहाँ ओमान अन्तिम २ बल बाँकी हुँदै अलआउट भएर केवल ८२ रनमा समेटियो।

उसका लागि कप्तान अकिब इलियसले ३५ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा सकिल अहमेदले १८ रनको अविजित इनिङ खेले। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

 

क्यानडाका लागि प्रभिन कुमार र अखिल कुमारले समान ३-३ विकेट लिए। त्यस्तै हर्ष थकरले २ विकेट लिँदा साद बिन जाफरले १ विकेट लिए।

 

जवाफमा क्यानडाले १४.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। उसका लागि हर्ष थकरले १८ रन बनाउँदा कप्तान निकोलस किर्टनले २० तथा नभनित ढलीवालाले ११ रन बनाए। थप दोहोरो स्कोरका रुपमा दिलप्रित बजवाले १४ रन बनाएका थिए।

 

सिरिजमा ४ खेलबाट ६ अंकका साथ क्यानडा शीर्ष स्थानमा रहँदा नेपाल ४ अंकका साथ दोस्रो र ओमान २ अंकका साथ तेस्रो स्थानमा रह्यो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार