- च्याम्पियन्स लिगमा बार्सिलोनाको पहिलो जित
युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले शानदार जित प्राप्त गरेको छ ।
हिजो राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले स्विस क्लब योङ ब्वाइजलाई ५-० गोलले पराजित गरेको हो ।
खेलमा रोवर्ट लेवन्डोस्कीले दुई तथा राफिना र मार्टिनेजले समान १-१ गोल गरे भने एक गोल बार्साले उपहारस्वरूप पाएको थियो ।
खेलमा लेवन्डोस्किले ८ औँ मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि राफिनाले ३४ र मार्टिनेजले ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
दोस्रो हाफको ५१ औँ मिनेटमा लेवन्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रतामा लगे । बार्साले खेलको ८० औँ मिनेटमा योङ ब्वाईजको तर्फबाट एक गोल उपहार पाएपछि खेल ५-० ले जित्यो ।
जितपछि बार्सा ३ अङ्क सहित लिग तालिकाको १० औँ स्थानमा उक्लँदा ब्वाईज भने तालिकाको अन्तिम स्थानमा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’