सलहेश फूलबारीमा बिहानैदेखि भीड, नयाँ वर्षमा ढकमक्क फुल्यो ‘चमत्कारी’ सुनाखरी
२०८३ वैशाख ०२ बुधवार
- सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ ।
सिराहा, ०२ वैशाख । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ ।
वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ ।
लहान नगरपालिका वडा नम्बर १२ र २२ मा झण्डै नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।
१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँको सङ्ख्यामा पर्यटकहरु आएका छन् ।
भक्तजनहरूले सलहेश र मालिनीको अगाध प्रेमको गाथालाई स्मरण गर्दै पूजापाठ गर्ने गर्दछन्। किम्वदन्ती अनुसार हरेक वर्ष वैशाख १ गतेका दिन राजा सलहेशको प्रतीक्षामा मालिनी फूलका रूपमा प्रकट हुने विश्वास गरिन्छ ।
यो अलौकिक दृश्यको अवलोकन गर्न आउने पर्यटक र दर्शनार्थीका कारण फूलबारी क्षेत्र यतिबेला उत्सवमय बनेको छ।
स्थानीय प्रशासन र मेला व्यवस्थापन समितिले बढ्दो भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको विशेष व्यवस्था मिलाएको छ। नयाँ वर्षको पहिलो दिन यो अनौठो प्राकृतिक र सांस्कृतिक सम्पदाको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।