तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै, मधेशमा सार्वजनिक विदा
२०८३ वैशाख ०२ बुधवार
- सर्लाहीसहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
सर्लाही, ०२ वैशाख । सर्लाहीसहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मधेश तथा प्राचीन मिथिला क्षेत्रमा नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ ।
गर्मीयामको सुरुवातसँगै शरीर, घरपरिवार तथा वातावरणलाई शीतल बनाउने उद्देश्यले यो पर्व मनाउने परम्परा रहेको छ । जुडशीतलका अवसरमा बिहानैदेखि घरपरिवारमा ज्येष्ठ सदस्यहरूले साना सदस्यहरूको टाउकोमा पानी राखेर आशीर्वाद दिने चलन छ ।
यसरी ‘जुड’ अर्थात् जुराउने र ‘शीतल’ अर्थात् चिसोपन प्रदान गर्ने सांस्कृतिक विश्वासलाई व्यवहारमा उतारिन्छ । यस दिन घर, आँगन, चुलो, सवारी साधनदेखि पशुपक्षी र बोटबिरुवासम्म पानी जुराएर शीतलता प्रदान गरिन्छ । चुलोलाई समेत जुराइने भएकाले घरमा आगो बाल्ने चलन हुँदैन ।
पर्वसँगै सरसफाइ र वातावरण संरक्षणलाई पनि प्राथमिकता दिइन्छ । गाउँघरमा इनार, कुवा तथा पोखरी सफा गर्ने र मर्मत गर्ने परम्परा रहेको छ । शरीरमा हिलो दल्ने चलनलाई प्राकृतिक उपचारको रूपमा लिइन्छ, जसले गर्मीबाट हुने रोगबाट बचाउने विश्वास गरिन्छ ।
खानपानमा अघिल्लो दिन पकाइएको बासी भात, दही, तरुवा, बरीजस्ता परिकार खाने परम्परा छ । कुलदेवतालाई यिनै परिकार चढाइने तथा चिल र स्याललाई समेत नैवेद्य दिने चलन रहिआएको छ ।
विक्रम संवत्को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुई दिने पर्वको पहिलो दिन मंगलबार ‘सतुवाइन’ मनाइएको थियो भने आज वैशाख २ गते जुडशीतल पर्वको मुख्य विधि सम्पन्न गरिँदै छ। जुडशीतलले सामाजिक सद्भाव, पारिवारिक एकता र प्रकृतिसँगको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।