रूपनगर क्याम्पसमा 'एकराज ढकाल स्मृति छात्रवृत्ति' स्थापना

२०८३ वैशाख ०१ मङ्गलवार
सारांश
  • छात्रवृत्ति सञ्चालन सम्बन्धी सम्झौताका अनुसार कम्तिमा पाँच वर्षसम्म यो छात्रवृत्ति उपलब्ध हुनेछ।

रूपनगर, सप्तरी, बैशाख ०१: सप्तरीको रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा 'एकराज ढकाल स्मृति छात्रवृत्ति' स्थापना गरिएको छ।

 

उच्च अदालतको न्यायाधीशबाट अवकाश प्राप्त प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालका नाममा सो छात्रवृत्ति स्थापना गर्नु भएको हो। 'एकराज ढकाल स्मृति छात्रवृत्ति' नाम राखिएको सो छात्रवृत्ति  रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहन्दार केही विद्यार्थीलाई वर्षेनी प्रदान गरिने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो।

 

छात्रवृत्ति सञ्चालन सम्बन्धमा क्याम्पस र दाता ढकालबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरियो। सो अवसरमा बोल्दै शिक्षाप्रेमी ढकालले भन्नुभयो, 'आफ्नो जन्मस्थानमा शिक्षाको क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ छात्रवृत्ति शुरू गरेको हुँ। आगामी दिनमा यसलाई अझ विस्तार गर्ने सोचाइ छ, हेरौँ के कति गर्न सकिन्छ।'

 

छात्रवृत्ति सञ्चालन सम्बन्धी सम्झौताका अनुसार कम्तिमा पाँच वर्षसम्म यो छात्रवृत्ति उपलब्ध हुनेछ। क्याम्पसले उपयुक्त मापदण्ड बनाएर छात्रवृत्तिका लागि विद्यार्थीहरूको छनौट गर्ने र दुबै पक्षका लागि अनुकूल समयमा सो छात्रवृत्ति वितरण गरिने जानकारी क्याम्पसले दिएको छ।

 

स्रोत: रूपनगर क्याम्पस फिचर सेवा।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार