मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
२०८२ फाल्गुण ११ सोमवार
- आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन् ।
जनकपुर, ११ फाल्गुण । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ । आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन् ।
त्रेता युगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा कञ्चन वन पुगेर रङ खेलेको जनविश्वास रहेको छ । सोही दिनको सम्झनामा कञ्चन वनमा ‘होरी उत्सव’ पनि मनाउने गरिन्छ ।
आज परिक्रमा यात्रुहरू कञ्चन वन पुगेर स्थानीय र साधुसन्तसंग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता रहेको छ ।
धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ । परिक्रममा भोली मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एक–एक रात विश्राम गर्नेछ । त्यस्तै, पूर्णिमाको अघिल्लो रात परिक्रमा जनकपुरधाम आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।