- आज महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठुलो भिड रहेको छ ।
काठमाण्डौ, ०३ फाल्गुण । आज महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठुलो भिड रहेको छ ।
मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने धार्मिक परम्परा अनुसार आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ । सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिरमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् ।
आज दिउँसो १६: ५२ बजेसम्म त्रयोदशी तिथि रहेको छ भने त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धार्मिक मान्यताअनुसार यस दिन व्रत, उपवास, रातभर जाग्राम र शिवजीलाई दूध, बेलपत्र, धतुरो अर्पण गरे सुख–शान्ति र मोक्ष प्राप्त हुने विश्वास छ।
महाशिवरात्रिका अवसरमा बिहान २ बजेदेखिनै पशुपतिका चारै ढोका खोलिएको छ। दर्शनार्थीको सुविधाका लागि तीन बाहिरी र भित्री लाइनको व्यवस्था गरिएको छ । सवारी पार्किङ सिफल, तिलगङ्गा, गुह्येश्वरी लगायत स्थानमा मिलाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले आज करिब आठ लाखले पशुपति मन्दिरमा दर्शन गर्ने अनुमान गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।