हिन्दु र बौद्ध धर्म गुरूहरूको एकै संदेश: गुम्बा ज्ञानको केन्द्र हो, हतियारको होइन
२०८२ मङ्सिर १३ शनिवार
- गुम्बाका संरक्षक श्याल्पा तेञ्जिङ्ग रिन्पोछेले गुम्बाका पुस्तकहरू नै हतियार भएको व्यंग समेत गर्नुभयो।
काठमाडौ: पछिल्लो समय केहि व्यक्तिहरूले बौद्ध गुम्बाहरूमा हतियार राखिएको अनर्गल आरोप लगाएपछि नेपालको बौद्ध धार्मिक समुदाय आक्रोशित बन्न पुगेको छ। बौद्ध धर्म गुरूका साथसाथै केहि हिन्दु धार्मिक अभियान्ता र धर्म गुरूहरूले समेत यस्तो अभिव्यक्तिहरूको खण्डन गर्दै आईरहेका छन्। सोहि क्रममा आज केहि प्रतिष्ठित हिन्दु र बौद्ध गुरुहरूले राजधानीको कपन स्थित श्याल्पा तेन्जिन गुम्बाको अवलोकन भ्रमण गरेका छन्। दुवै धार्मिक समुदायका अगुवा धार्मिक गुरुहरू एकसाथ उभिएर धार्मिक सद्भावको संदेश दिन खोजेको बताएका छन्।
बौद्ध धर्म गुरू तथा लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष खेन्पो ल्हारक्याल लामाले गुम्बाहरूमा हतियार राखिएको छ भनेर भ्रम फैलाउनेहरू परिचालित भएको बताउनुभयो। हिन्दु गुरूहरूलाई श्याल्पा तेन्जिन गुम्बाको अवलोकन गराउदै उहाँले सो कुरा बताउनुभएको हो। 'यो घटना आज मात्रै भएको होइन, विगत लामो समय देखि बौद्ध समुदाय माथि यस्तै आरोपहरू लाग्दै आएको छ', उहाँले भन्नुभयो। यस्ता आरोपको दुवै समुदायले मिलेर सामना गर्नुपर्नेमा उहाँको जोड थियो।
उक्त कार्यक्रममा गुम्बाका संरक्षक श्याल्पा तेन्जिन रिन्पोछे, डा वासुदेव कृष्ण शास्त्री, डा चिन्तामणी योगी, पुष्पराज पुरुष, र शंकर खरेल लगायत दर्जन बढि धार्मिक अभियान्ताहरूको उपस्थिति थियो। पुस्तकालयको अवलोकन गराउदै उक्त गुम्बाका संरक्षक श्याल्पा तेञ्जिङ्ग रिन्पोछेले गुम्बाका पुस्तकहरू नै हतियार भएको व्यंग समेत गर्नुभयो। यो हतियार ज्ञानको हतियार हो उहाँले भन्नुभयो।
पछिलो समय हिन्दु धर्म र बौद्ध धर्म बीच फाटो ल्याउने काम भैरहेको प्रति चिन्ता गर्दै उहाँले हामी सबै ओमकार परिवार भएकोले मिलेर अगि बढनुपर्ने बताउनु भयो। हिन्दु र बौद्ध गुरुहरू एकसाथ भएर अगाडि बढनुपर्ने र नेपाललाई विश्वको ज्ञानको केन्द्रको रुपमा पहिचान बनाउनु पर्ने तर्क गर्दै सो कार्यको शुरुवात भएको समेत बताउनुभयो।
त्यस्तै डा वासुदेव कृष्ण शास्त्रीले हिन्दु र बौद्ध धर्मको गहिरो दर्शन अध्ययन गर्नुपर्ने कुरा प्रष्ट पार्दै जो जसले गुम्बामा हतियार राखिएको भनेर आरोप लगाएका छन्, तिनलाई उहाँले गुम्बामा आएर ध्यान गरि ज्ञान प्राप्त गर्न आग्रह गर्नुभयो। उहाँले भन्नु भयो, मिलेर बसेको हिन्दु र बौद्ध समाजलाई फाटो ल्याउने काम गरेको हुनाले त्यस्ता अविव्यक्ति दिनेहरूले भगवान गौतम बुद्धकै अपमान गरिरहेको बताउनु भयो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’