- तिहार पर्वको अर्को आकर्षकको रुपमा रहेको देउसी–भैलोलाई यहाँका स्थानीयले जगेर्ना गर्दै आएका छन् । स–साना बालबालिका देखि बुढापाखाहरु पनि देउसी भैलोमा रमाएका छन् ।
बाजुरा : परम्परागत संस्कृतिको जगेर्ना गर्न बाजुरामा देउसी भैलो कार्यक्रम गरिएका छन् । यहाँका ९ वटै स्थानीय तहमा देउसी भलौ कार्यक्रम निरन्तर चलेका हुन् ।
तिहार पर्वको अर्को आकर्षकको रुपमा रहेको देउसी–भैलोलाई यहाँका स्थानीयले जगेर्ना गर्दै आएका छन् । स–साना बालबालिका देखि बुढापाखाहरु पनि देउसी भैलोमा रमाएका छन् ।
यहाँका हरेक क्लव,किशोरी समूह,बाल समूह,विभिन्न विद्यालयहरुले देउसी भैलो कार्यक्रम खेलेका हुन् । सांस्कृतिक परम्परा जोगाउने तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले देउसी–भैलो खेल्ने परम्परा बाजुरामा यथावत् छ ।
देउसी भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा सशक्तीकरणमुखी कार्यक्रमहरूमा खर्च गरिने गरिएको छ । देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन अगाल्दै देउसी भैलो खेल्ने गरिएको बुढिनन्दा नगरपालिकाका स्थानीय अमर कठायतले बताए ।
स्थानीय भेषभूषामा किशोरी क्लवबाट देउसी खेलेर बीस हजार बढि रकम संकलन गौमुल गाउँपालिका–१ मा रहेको वडा स्तरीय किशोरी क्लबकी सदस्य एलिसा चँदाराले बताइन् । कार्तिक १ गतेदेखि वडाको अम्लिस, माडी र दुर्गाली टोलमा देउसी–भैलो खेलेर चन्दा संकलन गरिएको र संकलित चन्दा क्लबको सामाजिक कार्यमा प्रयोग गरिने बताइन् ।
बाजुराको त्रिवेणी,बुढिगंगा,खप्तड
छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामिकार्तिक,जगन्नाथ,हिमाली गाउँपालिकाका सबै गाउँ बस्तीमा देउसी भैलो खेल्ने परम्परा छ । यहाँका विभिन्न समुहहरुले परम्परागत मौलिकतालाई हराउँन नदिन देउसी भैलो कार्यक्रम गर्ने गरेका छन् । तिहार सुरु हुनसाथ गाउँका बालबालिका ,युवा देखि वृद्ध वृद्धा सम्मले देउसी–भैलो खेल्ने गरेका छन् ।
आधुनिकतासंग जोडिँदै देउसी भैलोः
पहिलेको तुलनामा पछिल्लो बर्षहरुमा केही मात्रामा देउसी भैलो आधुनिकतासंग जोडिदै गएको छ । स्थानीयले परम्परागत रुपमै मनाउन हर प्रयास गरे पनि अघिल्लो बर्षहरुका तुलनामा विस्तारै पछिल्ला बर्षहरुमा देउसी खेल्ने तरिका फरक हुँदै गएका छन् ।
पछिल्ला वर्ष देउसी–भैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको प्रति समाजको अगुवाहरुको चिन्ता व्यक्त समेत गरेका छन् । परम्परागत संस्कृति जोगाई राखे पनि पहिलेको जस्तो देउसी भैलो खेल्ने परम्परा र मौलिकतामा कमी हुदैँ आएको उनिहरुको भनाइ छ।
पहिले सबैले देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो । हिजो आज ¥याप, पप र हिन्दी गीतमा युवायुवतीले देउसी–भैलो खेल्दा संस्कृतिमा धमिलोपन हुने चिन्ता बुढापाखाहरुसंग छ ।
परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित पारेकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बडीमालिका नगरपालिका ७ का स्थानीय अगुवा हिरालाल पाध्यायको भनाइ छ । बाजुरामा देउसी भैलो कला संस्कृतीको संरक्षण लागि खेल्ने गरेको भए पनि पहिले भन्दा अहिले मौलिकतामा फरक भएको उनको बुझाई छ ।
देउसी–भैलो खास गरी बली राजासँग सांस्कृतिक पक्ष जोडिएको मान्यता छ । यमपञ्चक सुरु भएपछि देउसी–भैलो खेल्ने प्रचलन छ । तिहारलाई उज्यालो र देउसी–भैलोको पर्वको भएकाले यसको मौलिक परम्पराका बारेमा पछिल्ला पुस्ताहरुलाई यसको महत्त्वबारे जानकारी दिन आवश्यक रहेको देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।