आजदेखि कार्तिक स्नान शुरु

२०८२ असोज २१ मङ्गलवार
सारांश
  • आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ ।

काठमाडौँ, २१ असोज । आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ ।

 

आजद्केही कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ । यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा, अर्चना र आकाशदीप बाल्ने गरिन्छ ।

 

कार्तिक महिनामा जसले प्रात स्स्नान गरेर आकाशदीपको दान गर्दछ भने उ सवै लोकको स्वामी र सम्पतीले सम्पन्न भएर यस लोकमा सुख भोगेर अन्त्यमा मोक्षको प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । स्नान गर्नकोलागी नदी ,तलाउ ,धारो कुवा आदिमा गएर यो महिनामा प्रात स्नान गर्दछ भने उसले यमराजको यातना कहिल्यै भोग्नु नपर्ने शास्त्रमा उल्लेख छ ।

 

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ। आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

 

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ। कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार