- काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ ।
काठमाडौँ, ८ भाद्र । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् ।
काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ ।
उसो त बाऱ्हैकाल व्यस्त रहने यि बजारहरुका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा महिलाहरुको बढी भीड देखिन्छ ।
पसलहरुमा कोहि नयाँ पोते उन्न, कोही मेहेन्दी र साडीका ब्रान्ड सजाउन व्यस्त देखिन्छन् । साउन लागेसँगै हरिया, पहेंला, राता रंगका चुरापोते किन्नेहरुको जमात बढेको छ ।
तिजका अवसरमा भने चुरा र पोते पसलहरु खचाखच देखिन्छन् । भनिन्छ चुरा–पोते लगाएर जब नारी श्रृंगारिएर ब्रत बस्छिन् उनको मनोकाक्षां पुरा हुने धार्मिक विश्वास पनि छ । त्यतिमात्र नभई अहिले महिलाहरुले साडीसँग चुरा र पोतेको रगं मिलाउन पनि बजारमा खोज्न जाने गरेको देखिन्छ ।
बजारमा चुरा–पोते व्यापार व्यवसाय भने फस्टाएको छ । व्यापारीहरु तिज र विवाहको सिजनमा खुशी समेत हुने गरेका छन् ।
काठमाडौं इन्द्रचोकमा ४५ वर्षदेखि पोतेको व्यवसाय गर्दै आएका अलिम मुदिमले हाल व्यापार सामान्य नै रहेको बताउँछन् ।
चीनबाट आयात हुने चुरापोतेको डिजाइन भने ग्राहकहरुकै सल्लाह अनुसार तयार गर्ने गरेको सुनाउँछन् । ‘टिकटकबाटै डिजाइनहरु आउँछन् । त्यसैबाट ग्राहकको सुझाव अनुसार डिजाइन बनाउछौं । बिहे र तिजको दुबै सिजनमा चुरापोतेको माग बढ्ने र विक्री समेत बढ्छ,’ उनले भने ।
अर्का व्यापारी महमद् मन्सुरले विगतमा जस्तो यसपाली व्यवसाय नभएको प्रतिक्रिया दिए । उनले एउटा पोतेको न्यूनतम मूल्य एकसय रुपैंयाँदेखि सुरु भइ ६ सयसम्म रहेको बताए ।
चुरापोते चीनबाट आयात भएपनि मालाका आइटहरु भने युरोपबाट पनि आउने गरेको उनले सुनाए ।
‘चुरापोते पहिला जस्तो व्यापार व्यवसाय छैन् । पहिले व्यापार व्यवसाय ठिकै थियो अहिले खासै छैन् । पोतेको मूल्य एकसयदेखि ६ सय रुपैंयाँ पर्छ । त्यो भन्दा माथिको नेपाली बजारमा खासै विक्री हुँदैन् । तिजमा सिंगल पोते वा मालाहरु प्रयोग हुन्छ । विवाहको बेला छड्के र माइली तिलहरी बढी विक्री हुन्छ,’ उनले भने ।
त्यस्तै ४० बर्ष देखि चुरा तथा कस्मेटिकको सामग्रीको व्यापार गर्दै आएकी न्यूरोडकी पुर्णिमा दर्शनले तिजको बेलामा व्यापार व्यवसाय फस्टाएको प्रतिक्रिया दिइन् ।
उनले हिजोआज चुराको डिजाइनहरु टिकटिकबाटै आउने गरेको पनि सुनाइन ।
उनले चुराको मूल्य ५० देखि एक हजार रुपैंयाँसम्मका विक्री हुने गरेको पनि बताइन् । चाडपर्वका बेला चुरा–पोते, धागो र टिका बढी विक्री हुने गरेको बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।