सातदोबाटोको सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण प्रारम्भ
२०८२ श्रावण १२ सोमवार
- साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रासँगै शिव महापुराणको सुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए ।
ललितपुर : ललितपुर महानगरपालिकाको सातदोबाटो स्थित सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण सुरु भएको छ ।
साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रासँगै शिव महापुराणको सुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए ।
उनले साउनको महिना शिवको महिना भएको भन्दै यहाँ वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी धार्मिक कर्महरु गरिने बताए ।
उनले भने, ‘आज कलश यात्रासँगै कथा वाचनको प्रारम्भ पनि हुनेछ । श्रावणको महिना मासहरुको मास उत्तम मास श्रावण मासमा शिवजीको अत्यन्तै महत्व छ । श्रावण महिनामा १२ गतेबाट २१ गतेसम्म शिव महापुराण आयोजना गर्दैछौ । हामीले वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी कर्महरु गर्ने इत्यादी धार्मिक कर्महरु गछौं । हाम्रा कलाकारहरुबाट भजन प्रस्तुत गर्नेछौ ।’
यो शिव महापुराण साउन १२ गतेबाट २१ गतेसम्म चल्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।