सप्तरीमा 'सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइ' अभियान आरम्भ
२०८२ श्रावण ७ बुधवार
- तालिमका लागि कम्प्यूटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्यूटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ।
रूपनगर, सप्तरी, श्रावण ०७: सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सप्तरीको रूपनगरमा एउटा नवीन अभियान आरम्भ गरिएको छ। उक्त अभियान अन्तर्गत् 'सरकारी' प्राथमिक विद्यालयका बालबालिकाहरूलाई कम्प्यूटर सिकाउने विशिष्ट कार्यक्रम आज यहाँ शुरू गरियो।
'सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइ' नाम दिइएको यो अभियान रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा सञ्चालन गरिने जानकारी आयोजकहरूले दिएका छन्।
'गरीबका बच्चाहरू मात्र पढ्ने' पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि कक्षा पाँचसम्मका बालबालिकालाई कम्प्यूटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाँक्षी कार्यक्रम संभवत: नेपालमै पहिलो हो।
तालिमका लागि कम्प्यूटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्यूटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ।
पहिलो चरणमा, कञ्चनरूप नगरपालिका अन्तर्गतका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालय यो कार्यक्रमका लागि छनौट गरिएको जानकारी आयोजकहरूले दिएका छन्।
अभियान शुरू गर्न आज रूपनगर क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले भन्नुभयो, 'चार कक्षामा पढ्ने तर कखरा र बाह्रखरी समेत राम्रो नजान्ने, अत्यन्तै पछाडि परेका यी साना बच्चाहरूलाई कम्प्यूटर सिकाउनुका साथै अङ्ग्रेजी बोल्न समेत सिकाउने हाम्रो उद्देश्य हो।'
'बालबालिकाहरूलाई मात्र होइन, छनौट गरिएका तीन वटा सरकारी प्राथमिक विद्यालयका शिक्षक/शिक्षिकाहरूलाई समेत आधारभूत कम्प्यूटर तालिम दिइनेछ,' कार्यक्रममा कम्प्यूटर हस्तान्तरण गर्दै एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इञ्जिनियर प्रदीप कुमार पौड्यालले भन्नुभयो। रूपनगर क्याम्पसले छनौट गरिएका विद्यालयका १५ जना शिक्षक/शिक्षिकालाई दुई महिने आधारभूत कम्प्यूटर तालिम निशुल्क दिनेछ। प्रमाणपत्र समेत उपलब्ध गराइने यो तालिम रूपनगर नन्दराज संग्रौला क्याम्पसको कम्प्यूटर प्रयोगशालामा सञ्चालन हुनेछ।
एक्मी इञ्जिनियरिङ कलेजले दिएको कम्प्यूटर र दलित सरोकार मञ्चले उपलब्ध गराएको शिक्षकबाट सञ्चालन गरिने यो नवीन शिक्षा अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कन रूपनगर क्याम्पसले गर्नेछ। यसका लागि क्याम्पस प्रमुखको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको जानकारी क्याम्पसले दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै दलित सरोकार मञ्चका कार्यकारी निर्देशक तथा कार्यक्रमका विशिष्ट अतिथि भोला पासवानले भन्नुभयो, 'हामीले थालेको यो अभियानमा अपेक्षित प्रगति गर्न सकियो भने यसलाई आगामी दिनमा अझ विस्तार गर्नुका साथै थप शिक्षकको व्यवस्था गर्न सकिनेछ।'
उच्च अदालतका अवकाश प्राप्त मुख्य न्यायाधीश तथा कार्यक्रमका विशिष्ट अतिथि कुमार प्रसाद पोखरेलले अभियानको सफलताका लागि शुभकामना दिँदै समाजका सबैले यसमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो।
कार्यक्रमका सभापति, कञ्चनरूप नगरपालिका वडा नं. १२ का वडाध्यक्ष देवि वहादुर खत्रीले यो पवित्र अभियानमा सबैले सहयोग गरौँ भन्ने आह्वान गर्नुभयो।
युवा अभियानकर्ता मनिष कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
स्रोत: रूपनगर क्याम्पस फिचर सेवा।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।