पशुपति क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न

२०८२ असार १८ बुधवार
सारांश
  • बुधबार पशुपति क्षेत्रमा जात्रा विधिवत रूपमा गुर्जुको पल्टनले समाली सहित तीन पटक तोप पड्काएर जात्राको शुरूवात गरिएको हो ।

काठमाडौं : पशुपति क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ । 


बुधबार पशुपति क्षेत्रमा जात्रा विधिवत रूपमा गुर्जुको पल्टनले समाली सहित तीन पटक तोप पड्काएर जात्राको शुरूवात गरिएको हो ।


जात्राको ऐतिहासिकता विंक्रम संवत् १९०४ मा  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा र उनकी श्रीमती रानी गंगा राणाको पालामा सञ्चालन भएको भाषावंशावलीमा इतिहास पाइने भण्डारखाल तहबिलका द्वारे रामकृष्ण डंगोलले बताए । 
उनले यो जात्रा भगवान शिवसँग प्रत्यक्ष रूपमा जोडिएको जात्रा हो । यो शिवलाई आरधाना गरिएर यो जात्राको शुरूवात गरिएको किंवदन्ती पाइने बताए ।


उनले भने, ‘यो जात्राको ब्यवस्थापन गुठी संस्थान अन्तरगतको पशुपति गोस्वार कार्यालयले गर्दै आईरहेको छ । जात्रामा परिचालित ब्यक्तिहरू अमालकोट कचहरी र मूर्तिहरूमा  अमालकोट कचहरी अन्तरगतका ब्यक्तिहरू रहने गर्दछन् । जसले देविको संरक्षण सुरक्षा सहित गरगहनालाई सुरक्षा प्रदान गर्नेछन् ।’ 


यो जात्रा बीस १९०४ बाट शुरूवात गरिएको भन्ने रहेको अमालकोट कचहरीका द्वारे डंगोलले बताए । पाशुपत क्षेत्रको आर्यघाट नजिकैको गंगामाईको मन्दिरमा रहेको मूर्तिलाई संरक्षित गरेर राख्ने र नगरपरिक्रमा गर्ने गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार