- मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौँ, १७ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिएका छन् ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा सदस्य सचिव डा मिलनकुमार थापालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः पदबाट निलम्वन हुने कानुनी व्यवस्था अनुसार सदस्य सचिव पद रिक्त भएको हो ।
नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ । करिब दुई महिनामात्र उनको निमित्त सदस्य सचिवको कार्यकाल हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’