- योग केवल शारीरिक तन्दुरुस्ती वा मानसिक शान्तताको लागि मात्र नभई समग्र जीवनशैली हो ।
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । रेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ ।
यस वर्ष ‘योगा फोर वन अर्थ, वन हेल्थ’ अर्थात ‘सिँगो पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ ।
योग केवल शारीरिक तन्दुरुस्ती वा मानसिक शान्तताको लागि मात्र नभई समग्र जीवनशैली हो । यसले मानव, प्रकृति र सबै जीवित प्रणालीहरू बीच सद्भाव बढाउँछ ।
योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्त्व दिने योग गुरुको भनाइ छ ।
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’